काठमाडौं ।। परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेस नेता एनपी साउद नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । आइतबार राष्ट्रपति निवास सितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेका हुन् ।
साउद कञ्चनपुर- २ बाट निर्वाचित सांसद् हुन् । यसअघि उनी सिंचाइमन्त्री भएका थिए । यस्तै,भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईले शपथ लिएकी छन् ।
चपाई नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रिय सभा सदस्य हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here