काठमाडौं ।। नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक अवस्थाको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ६० अर्ब ७२ करोड रुपैयाँले घाटामा रहेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।