पोखरा ।। देशकै सबैभन्दा बढी विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा वैशाख ३ गते स्ववियु चुनाव हुने भएको छ । चैत ५ गतेको चुनाव आन्तरिक विवाद र अदालतको आदेशका कारण रोकिएको थियो । विद्यार्थी संगठनहरुबीच सहमति भएपछि वैशाख ३ गते चुनाव गर्न लागिएको हो ।
निर्वाचन समितिले गत चैत ५ गते हुने नसकेको निर्वाचन आगामी वर्ष वैशाख ३ गते गर्ने गरी सोमबार कार्यतालिका प्रकाशन गरेको छ । बुधबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । यहाँ १० हजार ८७० जना मतदाता छन् ।
यसअघि विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । अहिले विद्यार्थी संगठन ताला खोल्न तयार भएका छन् । पोखरामा हालसम्म वन विज्ञान अध्ययन संस्थानमा मात्रै चुनाव भएको छ । बाँकी ५ क्याम्पसको चुनाव अन्योल भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।