काठमाडाैं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए । ‘हामीले अडिओ सुन्यौं। यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने काम गर्छ,’ उनले भने, ‘उहाँलाई एक साताका लागि निलम्बन गरिएको छ।’
श्रेष्ठले भने आफूलाई पार्टीले निलम्बन गरेकोबारे जानकारी नभएको बताएका छन्। उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here