काठमाडाैं ।। नेकपा एमालेले वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ र चितवन २ का लागि उम्मेदवार छनौट गरेको छ । जसअनुसार तनहुँ १ बाट पूर्वआइजिपी सर्वेन्द्र खनाल, र चितवन २ बाट रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने भएका छन् ।
तनहुँबाट उम्मेदवार बनेका खनाल ४ मंसिरको निर्वाचनमा काठमाडौं ६ बाट प्रतिनिधिसभामा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । न्यौपाने भने नयाँ उम्मेदवार हुन् ।
यसअघि ४ मंसिरको निर्वाचनमा चितवन २ मा एमालेका तर्फबाट कृष्णभक्त पोखरेल उम्मेदवार थिए । रास्वपा अध्यक्ष रवि लामिछाने पहिलो, कांग्रेसका उमेश श्रेष्ठ दोस्रो हुँदा पोखरेल तेस्रो स्थानमा आएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here