रौतहट ।। माधवनारायण नगरपालिका नगर प्रमुख बैजनाथ यादव (बैजु)ले आफुले नगरबासीमा गरेको बाचा परा गर्न पूर्ण रुपमा अग्रसर रहेको बताउनु भएको छ ।
माधव नारायण नगरपालिका वडा नं. ६ अन्तर्गत श्री माध्यमिक विद्यालय माधोपुरको लागी अधुरा भवन लागयतका कार्यहरुको पूर्णता दिन शिलान्यास कार्यक्रममा पत्रकारहरु संग कुरा गर्दै नगर प्रमुख यादवले, नागरिक संग गरिएको बाचा अनुसार मावी माधोपुरको लागि आफुले १कट्ठा १० धुर जग्गा खरिद गरि हस्तनान्त्र गरिएको बताए ।
माधवनारायण नपा ६ मा.वि. माधोपुरमा ४ कोठे भवन निर्माण, अधुरो २ कोठे भवनमा थप २ कोठे भवन निर्माण तथा फ्निसिङ कार्य, अधुरो तीन तले भवनको फ्निसिङ, पुरानो दुई तले भवनको मर्मत सम्भार, सम्पूर्ण भवनको रंग रोहन कार्य, सरस्वती मन्दिरको भवन निर्माण कार्य, कम्पाउन्ड वाल लगायतको कार्यको लागि आज नगर प्रमुख यादव, वडा अध्यक्ष राम नरेश राय संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
समाज विकासको पहिलो पाईलाको रुपमा शिक्षा रहेकोले शिक्षा क्षेत्रको विकास पालिका र जनप्रनिधिहरुको अग्रसरताले पकै समाज विकसीत हुनेछ ।
मेयर बैजु यादवले गरेको बाचा परा गर्दै, शिक्षामा लगानी बढाउदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।