रौतहट ।। रौतहटको माधवनारायण नगरपालिकाका १४ जना क्षयरोगका रोगीहरु रहेको स्वास्थ्य सम्योजक श्यामजी रायले बताउनु भएको छ । पालिकाका आयोजित अर्धवार्षिक समिक्षा गोष्ठीमा जानकारी गराउदै संयोजक रायले, विगतको तुलनामा क्षयरोगका रोगिहरुले नियमित औषधी सेवनबाट निको हुदै गएको बताए ।
माधवनारायण नगरपालिका भित्र हाल क्षयरोगका रोगीहरु फोक्सो टिभि सरुवाको रुपमा रहका रोगी ८ जना, लक्षन देखिएका फोक्सो टिभिको रोगी १० जना र फोक्सो टिभि नसर्नेे रोगीको संख्या ४ जना रहेको सहभागी स्वास्थ्यकर्मी नागेन्द्र पटेलले बताए ।
क्षयरोगको उपचार सम्भव रहेको रोग पहिचान भई नियमित औषधि सेवन गर्नेहरूमध्ये ९१ प्रतिशत रोगमुक्त हुन्छन् भन्दै सह संयोजक राजेश यादवले, बीचमा औषधि छुटाउनेहरू, नियमित चिकित्सकको सम्पर्कमा नआउने र औषधिको मात्रा नमिलेकाहरूको मात्र उपचार सफल नहुने बताए ।
कार्यक्रममा पालिका भित्रका सवै स्वास्थ्य केन्द्रका क्षयरोग सम्बन्धी स्वास्थ्यकर्मीहरुको उपस्थिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here