रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ३ औरैयामा सञ्चालन रहेका जनता माध्यमिक विद्यालयमा शिक्षकको आभाव कायमै रहेका छन ।
विद्यालयमा विषयगत शिक्षकको पदपूर्ति नगरेको हुँदा विद्यार्थीहरुलाई अध्यन अध्यापनमा ठूलो समस्या उत्पन्न भएका छन । दरवन्दि अनुसारको शिक्षक शिक्षिका नरहेको विद्यालयका प्राध्यानध्यापक दिनेश कुमार यादवले जानकारी दिएका छन ।
विद्यालयमा बाल बिकास कक्षा देखि १० कक्षा सम्म १ हजार ५ सय ६६ विद्यार्थी रहेकोमा शिक्षकको संख्या १४ जना मात्र रहेका छन । विद्यालयमा भवनको आभाव पनि रहेको छ प्र अ यादवले भने भवन अपुग भएकोले विज्ञानं प्रयोगशाला व्यवस्थित हुन सकेको छैन ।
माध्यमिक तहमा अध्यन गर्ने विद्यार्थीहरुलाई प्रयोग शाला , पुस्तकालय समेतको आवश्यकता हुने गर्दछ तर त्यसको व्यवस्था छैन विद्यार्थीलाई अभ्यास गर्न कठिनाई हुने गरेको छ यादवले गुनासो गरे ।
माध्यमिक तहमा दरवन्दि ७ जनाको रहेकोमा ४ जना कार्यरत रहेको छ भने निमावि तरफमा ५ जना दरवन्दि रहेको मा ४ जना तथा प्रावि तरफमा ७ जनाको दरवन्दि रहेकोमा ६ जना र बालबिकासमा २ जनाको आधारमा विद्यालय जेनतेन गरी चलाउनु पर्ने बाध्यता प्रधयानाध्यापक यादवले उल्लेख गरे । नेपाली , सामाजिक विज्ञान विषयको शिक्षकको विद्यालयमा कमी रहेको छ ।
पूर्व नगरप्रमुखको पालामा विद्यालयमा पाठ्यपुस्तक खरीद गर्नका लागि ५ लाख ५३ हजार रुपैया आएकोमा त्यस बाट पनि पाठ्य पुस्तक पूरा हुन नसक्दा विद्यालयको रकम बाट पाठ्यपुस्तक खÞरीदनु परेको सुनाए । उहाका अनुसार पाठ्यपुस्तक खरीद गर्नका लागि ७ लाख २३ हजार रुपैया आवश्यक रहेको थियो ।
विद्यालयमा विद्यार्थीको संख्या बढ़ी रहेकोले थप भवन निर्माणको आवश्यकता रहेको जनाए । संपन्न भएको बार्षिक परीक्षामा १ हजार ५ सय ६६ विद्यार्थीमा १ हजार ३ सय ३५ विद्यार्थी सहभागी भएको प्र अ यादवले बताएका छन । उहाले समयमा शिक्षकको पदपूर्ति गर्न स्थानीय सरकार संग आग्रह समेत गरेका छन ।
जनता मावि औरैयामा शिक्षक आभाव , पढाई प्रभावित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।