बनारस ।। भोजपुरी अभिनेत्री आकांक्षा दुबेको शव होटलमा झुण्डिएको अवस्थामा फेला परेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । आकांक्षा २५ वर्षकी थिइन् र छोटो समयमै भोजपुरी उद्योगमा आफ्नो पहिचान बनाएकी थिइन् ।
आकांक्षा दुबे भदोहीकी निवासी थिइन् र उनलाई उत्तर प्रदेशका चर्चित कलाकारहरूमा गनिन्थ्यो। आकांक्षाले भोजपुरी सिनेमा, संगीत र चलचित्रमा पनि काम गरिसकेकी छिन् । उत्तर प्रदेश बाहेक देशभर उनको राम्रो फ्यान फलोइङ छ । आकांक्षा पनि इन्स्टाग्राममा रिल्स बनाइदिन्थिन् ।
टिक-टकबाट करियर सुरु
आकांक्षा दुबेले सामाजिक प्लेटफर्म टिक–टकबाट आफ्नो करियर सुरु गरेकी थिइन् । टिक-टक मा आकांक्षाको प्रतिभालाई मानिसहरूले मन पराए र उनको फ्यान फलोइङ अत्याधिक भयो। पछि, आकांक्षा भोजपुरी फिल्म उद्योगमा प्रवेश गरिन् र एक भन्दा बढी भोजपुरी गीत र फिल्महरूमा काम गरिन्। जसलाई जनताले निकै रुचाएका छन् । आकांक्षाले वीर के वीर र कसम पडना वालेका २ फिल्ममा काम गरेकी थिइन् जसलाई दर्शकले निकै रुचाएका थिए ।
बाल्यकालदेखि नै थियो अभिनयको शौक
आकांक्षा दुबे तीन वर्षको उमेरमा परिवारसँग मुम्बई सिफ्ट भएकी थिइन् । उनका अभिभावक उनलाई आइपीएस अधिकारी बनाउन चाहन्थे तर उनको मन नृत्य र अभिनयमा थियो । बाल्यकालदेखि नै उनलाई टिभी हेर्न मन पर्दथ्यो । आफ्नो यही इच्छा पुरा गर्न उनी फिल्मी क्षेत्रमा आइन् । मुम्बईमा पढेपछि आकांक्षाले आफ्नो करियर फिल्ममा सुरु गरेकी थिइन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here