काठमाडाैं ।। सरकारले सबै नागरिकलाई साक्षर बनाउने नीति लिए पनि २३ प्रतिशत नागरिक अझै निरक्षर रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत छ र महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत छ । सहरी क्षेत्रमा ७८ दशमलव ५ प्रतिशत र ग्रामीण क्षेत्रमा ७१ दशमलव ९ प्रतिशत जनसङ्ख्या साक्षर रहेको तथ्याङ्कले देखाएको छ । ५ वर्ष वा त्योभन्दा बढी उमेरको साक्षरता दर ७६ दशमलव ३ प्रतिशत रहेको छ । कुल जनसङ्ख्याको १९ दशमलव ५ प्रतिशतले कम्तीमा १२ कक्षा पास गरेको तथ्याङ्कले देखाएको छ । कुल साक्षर जनसङ्ख्याको सबैभन्दा बढी २८ दशमलव ७ प्रतिशतले प्राथमिक तह पास गरेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।