राैतहट ।। जिल्ला कारागार कार्यालय रौतहट गौरमा बन्दी जीवन विताई रहेका विभिन्न मुद्दाका कैदी बन्दीहरुलाई सास्ती भोग्नु परिरहेको छ । कारागारमा क्षमता भन्दा बढ़ी कैदी भएको कारण उनीहरुलाई कस्टपूर्ण जीवन विताउनु पर्ने बाध्यता सृजना भएको हो ।
जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुको साथ मानव अधिकारको उलंघनको कार्य भैरहदा सम्वन्धित निकायले जेलको व्यवस्थापनमा ध्यान दिन नसकेको गुनासो उनीहरुको रहेको छ ।
विगत दुइ बर्ष देखि गौर कारागारमा बन्दी जीवन बिताऊदै आएका राजपुर नगरपालिका ५ का मोहमद महताव आलम ले कारागार भित्र शुद्ध खानेपानीको आभाव समेत रहेको बताएका छन ।
बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा पुरपक्षको क्रममा कारागारमा रहेका आलमले भेटघाटको क्रममा कैदी हरुले भोगी रहेको पीड़ाको बारेमा जानकारी गराएका हुन ।
आर्सेनिक युक्त पानी खानु परेको भन्दै आलमले कारागार भित्रमा राजनितिक बन्दी र विभिन्न आपराधिक घटनाका बन्दी लाइ एकै ठाउमा खानु बस्नु परेको बाध्यता सुनाए । क्षमता भन्दा बढ़ी कैदी भएकोले राजनितिक चलखेल बढ़ी भएको टिपण्णी गरे ।
कारागार भित्र बन्दी जीवन विताउनेलाइ मानव अधिकारको संरक्षण हुनु पर्ने जोड़ दिए ! शुद्ध खानेपानी , बसने स्थान , तनावमुक्त बातावरणको ग्यारेन्टी हुनु पर्नेमा त्यसको विपरीतको कार्य भैरहेको प्रति चिंता जनाए ।
कैदी बन्दीलाइ सुर्ती , सुपारी समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको गुनासो कैदी बन्दीहरुको रहेको छ । १२० जना कैदी बस्ने क्षमता भएको जिल्ला कारागारमा अहिले ३६१ जना कैदी रहेको जेलर शम्भू यादवले जानकारी दिएका छन ।
पुरानो भवनको माथि १०० जना कैदी बस्न सकिने गरी जस्ताको घर निर्माण गरिएकोले २२० जना बस्न सकिने बताए ।
भौतिक संरचना थप व्यवस्थापन गर्नु पर्ने उहाको भनाइ रहेका छन । चौकीदारको विषय लिएर विबादित अवस्थामा रहेका जिल्ला कारागार कार्यालयमा शुद्ध खानेपानीको समयमा व्यवस्थापन गराउनको लागि कैदी बन्दीहरुले जेल प्रशासनबाट मांग गरेका हुन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here