सांकेतिक तस्विर

काठमाडौं ।। जनमत पार्टीका अध्यक्ष सिके राउतले नागरिकता विधेयक चाँडै सदनबाट पारित हुनुपर्ने माग गरेको छ । सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनसहित जारी संसद् बैठकमा भाग लिँदै राउतले यस्तो माग गरेका हुन् । ‘मुख्यगरी मधेसका समस्याहरूलाई सरकारले सम्बोधन गर्नुपर्छ, यो माग हामीले अगाडिदेखि नै भन्दै आएका छौँ,’ उनले भने, ‘नागरिकता विधेयक चाँडै सदनबाट पारित हुनुपर्छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रसंशासमेत गरे । ‘गणतन्त्र, संघीयतालगायतका राष्ट्रिय उपलब्धि उहाँकै कारण पुन:स्थापना भएका हुन् । अझै यसमा उहाँ निर्धक्कका साथ रहनुहुन्छ भन्ने लागेको छ,’ उनले भने, ‘हामी विश्वासकव मत दिन्छौँ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here