काठमाडौं ।। जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन्। शनिबार संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।
झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपा कुमारी यादव छन्। त्यस्तै, समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन्।
जनमत पार्टीको उम्मेदवार झालाई जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको साथ देखिन्छ।





