काठमाडौं ।। भारतीय अभिनेता तथा निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ। कौशिकका नजिकका मित्र एवं अभिनेता अनुपम खेरले यसको पुष्टि गरेका छन्।
अनुपम खेरले ट्विटमार्फत् सतिश कौशिकको निधन भएको जानकारी गराएका छन्। अभिनेता अनुपम खेरले आफूले प्रिय साथी गुमाएको भन्दै कौशिकको निधनमा दुःख व्यक्त गरेका छन्। उनले ट्विटरमा आफूहरूबीचको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गरेका छन्।
केही दिनअघि दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिकलाई हृदयाघात भएको थियो। हृदयाघातपछि उनलाई दिल्लीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।
पोस्टमार्टमका लागि कौशिकको शव मुम्बई ल्याइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९६५ अप्रिल १३ को दिन भारतको हरियाणामा जन्मिएका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत सक्रिय थिए।
उनी भारतका चर्चित कलाकार हुन्। उनले निर्देशन गरेको चलचित्र ‘तेरे नाम’ले भारतमा निकै चर्काचा पाएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here