राैतहट ।। फागुपूर्णिमा अर्थात होली पर्व आज राैतहट सहित तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताएका छन् । होली पर्वको अवसरमा आज शुभकामना दिँदै उनले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवद्र्धन गर्न पनि अभिप्रेरित गर्ने बताए ।
बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उनले यहाँका हरेक जातजाति र धर्मावलम्बीहरूमा आ–आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताएका छन् ।
असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेस प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामनासमेत मुख्यमन्त्री यादवले व्यक्त गरेका छन् ।
“कुमतिको होलीका दहन होस् र यहाँहरूको जीवन रसरङ्गमय, प्रेममय होस् र खुसीयालीका साथै आपसी एकता र सद्भाव कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, उनले भने । पहाडी क्षेत्रमा मनाइएकाे भाेलिपल्ट मात्र तराईका जिल्लाहरूमा हाेली पर्व मनाइन्छ । मनाउने तरीका समेत फरक र सांस्कृतिक माैलिकता झल्किन्छ ।
Home प्रदेश समाचार मधेश प्रदेश राैतहट सहित तराईमा होली पर्व मनाइँदै,मुख्यमन्त्री यादवद्वारा शुभकामना
राैतहट सहित तराईमा होली पर्व मनाइँदै,मुख्यमन्त्री यादवद्वारा शुभकामना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।