जनकपुर ।। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन नगरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नटिक्ने बताएका छन् । जनकपुरधाममा बुधबार मधेश प्रज्ञा प्रतिष्ठानको कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले प्रहरी ऐन समायोजना र संघीय निजामति ऐन सदनबाट पास नगरेर प्रचण्ड नेतृत्वको सरकार टिक्न नसक्ने बताए।
‘निजामती ऐन सदनबाट पास गर्नुका साथै प्रहरी समायोजन छिट्टै गर्नु पर्छ’, अध्यक्ष यादवले भने, ‘प्रचण्ड नेतृत्वको सरकारको भविष्य यी दुई विधेयकमा निर्भर छ।’
यही दुईवटा कामले मात्र यो सरकारको भविष्य निर्धारण हुने उनको भनाइ छ। प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र श्रोतसाधन नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको यादवको भनाइ छ। उनले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुनै नसक्ने दाबीसमेत गरे। ‘एउटा आर्मीको गार्ड लिएर घुम्नाले सरकार हुँदैन। आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ’ यादवले भने।
उनले अब पूर्वदेखि पश्चिमसम्मको मधेशका लागि सर्घष हुने समेत बताएका छन्। नेपाल र नेपाली भाषा भन्दा सयौं वर्ष पुरानो इतिहास रहेपनि मिथिला र मैथिली संस्कृती लोप हुँदै जानु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here