काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ८ वटा मन्त्रालयको जिम्मेवारी थप भएको छ। एमालेका मन्त्रीहरुले सरकार छाडेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेकी हुन् ।
एमालेबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री ज्वाला कुमारी साह, उद्योगमन्त्री दामोदार भण्डारी, भूमि व्यवस्थामन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, स्वास्थ्यमन्त्री पदम गिरी, महिला बालबालिकामन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सोमबार राजीनामा दिएका थिए । राष्ट्रपति कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अब उक्त मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको उल्लेख गरेको छ। यसअघि नै प्रधानमन्त्रीको जिम्मेवारीमा ८ वटा मन्त्रालय रहेका छन्। रास्वपा र राप्रपाका मन्त्रीहरुले सरकार छाडेपछि उक्त मन्त्रालयहरु रिक्त भएका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।