सांकेतिक तस्विर

काठमाडाैं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनअघि विश्वासको मत लिने तयारी गरेका छन् । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ । यसअघि नै उनले विश्वासको मत लिने तयारी गरेका हुन्।
प्रधानमन्त्री दाहालले आगामी राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चा पार्टीसँग हात मिलाएपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट दिएको समर्थन फिर्ता लिएका हुन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन ।
नेपालको संविधानको धारा १०० (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने राजनीतिक दल विभाजित भएमा वा गठबन्धन सरकारमा रहेका राजनीतिक दलले आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा प्रस्ताव राख्नुपर्नेछ । तीस दिन भित्र उनले विश्वासको मतको लिनुपर्ने हुन्छ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई अहिले नेकपा (माओवादी केन्द्र)का ३२, नेपाली कांग्रेसका ८८, जनता समाजवादी पार्टीका १२ र नेकपा (एस) का १०, नागरिक उन्मुक्ति पार्टीका चार, जनता पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक जनासांसदसहित १५३ सांसदको समर्थन छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here