मुम्बई ।। बलिउड अभिनेता अक्षय कुमारले हालै आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनका क्रममा एक अन्तर्वार्तामा आफ्नो नागरिकताको बारेमा कुरा गरेका थिए । अक्षय कुमारले आफ्नो लागि भारत नै सबथोक भएको बताउँदै राहदानी परिवर्तनका लागि आवेदन गरिसकेका छन् । साथै उनले आफ्नो क्यानेडियन नागरिकताको कारण नजानेर मानिसहरूले केही बोल्दा आफूलाई नराम्रो लाग्ने पनि बताए ।
अभिनेता अक्षयले भने, ‘मैले जे कमाएको छु, जे पाएको छु, यहीँबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा म भाग्यमानी छु । मलाई नराम्रो लाग्छ जब मान्छेहरु केहि नबुझेर बोल्छन् ।
१९९० को दशकमा अक्षय कुमारका १५ भन्दा बढी फिल्म फ्लप भएका थिए । यसबारे कुरा गर्दै उनले फिल्मको बक्स अफिसमा कमजोर प्रदर्शनले क्यानडाको नागरिकताका लागि आवेदन दिन प्रेरित गरेको बताए ।
अभिनेता अक्षय भन्छन्, ‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गर्नुपर्छ । म कामको लागि त्यहाँ गएको थिएँ । मेरो साथी क्यानडामा हुनुहुन्थ्यो र उसले यता आउ भन्यो। मैले आवेदन दिए र छोडें।
शुक्रवार रिलिज भएका फिल्म ‘सेल्फी’ मा अक्षय देखिदैछन् । यसमा उनको साथमा इमरान हाशमी र नुसरत भरुचा पनि छन् । यसलाई राज मेहताले निर्देशन गरेका हुन् । यो फिल्म मलयालम फिल्म ड्राइभिङ लाइसेन्स को हिन्दी रिमेक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here