काठमाडाैं ।। नेकपा एमालेका काठमाडौंका नेता पुण्यप्रसाद चौलागाईं जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । एमालेका काठमाडौं जिल्ला सदस्य एवं २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयर पदका प्रत्यासी समेत रहेका चौलागाईं साँखुनजिकै जंगलमा झुण्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले लोकान्तरलाई जानकारी दिए । घटनास्थलमा भर्खरै प्रहरी पुगेको र प्रारम्भिक अनुसन्धान शुरू भएको रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here