काठमाडाैं ।। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दललाई उपराष्ट्रपति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको बताएका छन् ।
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि पत्रकारहरूसँग कुराकानी अध्यक्ष यादवले पुरानो गठबन्धन ब्युताउँदा आफ्नो दललाई उपराष्ट्रपति दिनुपर्ने बताएका हुन् । यद्यपि पुरानै गठबन्धन ब्युताउने कोर्षमा राजनीति प्रवेश नगरेको उनले बताए ।
‘पुरानो गठबन्धन ब्युताउने कोर्षमा राजनीति प्रवेश गरेको छैन । पहिले सरकारमा रहेका दलको लाइन प्रष्ट हुनुपर्छ,’ उनले भने,’प्रधानमन्त्रीले कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्नुभएको छ ।’ उनका अनुसार मन्त्रिपरिषद् बैठकपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको बैठक बस्नेछ ।





