रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका स्थित ऐतिहासिक मैदान गौर राइस मिलमा भईरहेको ५१ कुण्डीय श्री श्री अनन्त श्री विष्णु महायज्ञमा भक्तजनको भीड देखिएका हुन ।

भगवान श्री रामको जन्म भूमि आयोध्या धामको संत श्री राम अनुग्रह दास जी महाराजको विशेष पहलमा भइरहेको महायज्ञमा रौतहट , बारा , सर्लाही तथा भारतीय क्षेत्रदेखी भक्तजन जोरशोरले सहभागी भएको महायज्ञ समितिका संयोजक पवन कुमार साहले जानकारी दिए । संत श्री राम अनुग्रह दास जी महाराजको विशेष पहलमा १ हजार १ कुमारी कन्या सहभागी गराएर भव्य कलश शोभा यात्रा निकालि महायज्ञ शुरुवात भएको संयोजक साहले जानकारी दिनुभयो ।

महायज्ञमा २४ घण्टा ५१ वटा कुण्डमा हवन, रामधुन, विद्धान आचार्यद्वारा पूजापाठ, हवन, जप र भजनकीर्तनलगायतका कार्यक्रम भइरहेका छन् ।
रातिको समयमा धार्मिक प्रवचन का साथै मनोरंजनको लागि विभिन्न किसिमका खेलतामासा , जादूगर , झूलाको व्यवस्थापन गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here