रौतहट ।। भारतको बिहार राज्यका राजऋषि आचार्य श्री सुदर्शन महाराजले नेपाललाइ धर्मनिरपेक्ष घोषणा गरेर विश्वको हिन्दू राष्ट्रको पहिचान समाप्त पारिएको बताएका छन ।
फाल्गुन ४ गते देखि रौतहटको सदरमुकाम गौर स्थित राइस मिलको मैदानमा शुरू भएको ५१ कुण्डीय श्री श्री अनन्त श्री विष्णु महायज्ञमा राम कथा प्रबचन गर्न आएका आचार्य श्री सुदर्शन जी महाराज संचारकर्मीहरु संग संक्षिप्त कुरा गर्दै सनातन धर्म रक्षाको गर्नु पर्ने बेला आएकोले सवैले अगाडी बढ्नु पर्ने जोड़ दिए ।
भारतमा हिन्दू धर्मको रक्षा गर्ने आवाज उठन थालेकोले नेपालमा पनि हिन्दू धर्मको रक्षा गर्नु पर्ने उहाको भनाइ रहेको छ ।
नेपाल शान्ति देशको साथ साथै हिन्दू राष्ट्रको रुपमा चिनिने एक मात्र मुलुक रहेकोमा अव त्यों चिनारी पनि समाप्त पारिएको प्रति चिंता व्यक्त गर्दै सनातन धर्मको संरक्षण ,सम्बर्धन गर्न अहिलेको पुस्ता अघि बढ़ेंन भनी भविष्यका संतानले धिकारने छन भने आचार्य सुदर्शन जी ले धर्म बचाउन प्राण दिनु पर्छ भनी दिनु परयो !
४० बर्ष पहिलाको इतिहासलाइ हेर्ने हो भने पूजापाठ ,धर्म संस्कार कस्तो थियो तर आज सवै लोप हुदै गइरहेको छ जून चिंताको विषय रहेको छ ।
आमा बूबालाइ छोराले ढोग्ने , विहान र बेलुका सम्मान गर्ने चलन अहिले समाप्त भएको छ अपबादमा कही कतई हेर्न सकिन्छ भन्दै उहाले जून सुकै अवस्थामा रहेपनि भगवनको भजन गर्नु पर्ने सुझाव दिए ।
सस्कार नै सभय्ता को पहिचान भएकोले मानव जीवनमा धर्म कर्म गर्नु पर्ने सुझाव उहाको रहेको छ । पाकिस्तान , बांग्लादेशमा हिन्दूको अवस्था प्रति चिंता व्यक्त गर्दै सनातन धर्म सम्पाप्त गर्न चारै तीरबाट प्रहार भैरहेकोले अगाडी आएर प्रचार प्रसारमा लागिनु पर्ने एक मात्र विकल्प भएको बताए !
नेपालमा धर्मपरिवर्तनको घटना बढिरहेकोले अशुभको संकेत हो आचार्य श्री सुदर्शन महाराजले भने हाम्रै धर्म माथि आक्रमण किन सोच्नु पर्ने बेला आएको छ ।
घरमा तुलसीको बृक्ष लगाउनु पर्ने , हनुमान चालीसा पढ्नु पर्ने ,साधु संतलाइ सम्मान गर्नु पर्ने , दान पुण्य , अतिथि सत्कार , नै जीवनको मूल्यबान बनाउने भएकोले प्राप्त गरेको मनुष्य तनलाइ सदुपयोग गर्नु पर्ने जोड़ दिए ।
८४ लाख जोनी पार गरेर मनुष्य जीवन प्राप्त गर्ने भएकोले घमण्ड नगर्न सुझाव दिदै मृत्यु सँगै जाने कर्तव्य , धर्म र भक्ति एक मात्र रहेकोले धर्म रक्षाको लागि गाउ गाउ सहर ,समाजमा संगोष्ठी , विचार आदान प्रदान गर्नु पर्ने बताए ।
देश विदेशमा विभिन्न जगह राम कथा प्रवचन गर्न जाने आचार्य सुदर्शन महाराजको राम कथा प्रबचन सुन्न सर्व साधारणको महायज्ञमा उल्लेख्य सहभागिता देखिएको छ ।
हिन्दू धर्मको रक्षा गर्न अघि बढ्नु पर्छ :– आचार्य सुदर्शन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।