काठमाडौँ ।। नागरिक उन्मुक्ति पार्टीका सांसद (प्रतिनिधिसभा सदस्य) अरुण कुमार चौधरी जेलबाट रिहा भएका छन् । केही दिनअघि पक्राउ परेर जेल चलान गरिएका सांसद चौधरीलाई आज प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि रिहा भएका हुन् ।
आममाफी पाएर चौधरीस्ँगै अन्य ४ जना कैदीबन्दी पनि कैलाली कारागारबाट रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ३९५ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी गरिदिएकी छन् ।
सांसद चौधरीले रिहा भएलगत्तै सञ्चारकर्मीसँग आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् । राजनीति प्रतिशोध साँध्न आफूलाई जेल पठाइएको उनको भनाइ थियो । रिहा भएका चौधरीलाई स्वागत गर्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कारागारमै पुगेकी थिइन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कैलालीबाट सांसद बनेका चौधरीविरुद्ध विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो । उनलाई ६ महिना कैद सजाय सुनाइएको भए पनि सजाय भुक्तान गरेका थिएनन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here