काठमाडौं ।। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन्। आज कैलालीमा पार्टी कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेलले सात दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्।
उनले राष्ट्रपति र उपराष्ट्रपति लगायतका विषय पूर्व सहमति अनुसार टुंगो लाग्नेसमेत दाबी गरे। अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रुपमा अगाडि बढाउँदै संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ। हल्ला एकातिर चल्छ घटनाक्रम अर्कोतिर चल्छ। हल्लामा विश्वास नगर्नका लागि अनुरोध गर्दछ। यो नीतिगत र कार्यक्रमगत रुपमा सहयात्रा बनिरहेको छ। यो काँचो धागोमा अडिएको सहयात्रा होइन। यो सहयात्रा पाँच वर्ष चल्छ। राष्ट्रपति र उपराष्ट्रपति लगायतमा भएको पूर्वसहमति अनुसार कार्यान्वयन हुन्छ। राष्ट्रका सबै दलहरु मिल्ने विषय राम्रो कुरा हो,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here