सुर्खेत ।। वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन सुरु गरेका छन्।
आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको हो। छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको आइतबार बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप तनावग्रस्त बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here