राैतहट ।। गरुडा नगरपालिकाका दुईवटा माध्यमिक विधालयले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने निर्णय गरेका छन । नगरपालिका ले लामाे समय देखि राेक्का गरेको बैंक खाता फुकुवा नभए अनिश्चितकालीन पेनडाउन गर्ने स्थानिय दुई विधालयले चेतावनी दिएका हुन ।खाता फुकुवा नभएपछि विधालयमा कार्यरत शिक्षक/ कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउदै खाता फुकुवा नगरिए यही फागुन २ गते देखि अनिश्चितकालीन पेनडाउन गर्ने शिक्षक कर्मचारीको बैठकले निर्णय गरेका हुन । खाता फुकुवाका लागि नगरप्रमुख कन्तमणी प्रसाद जयसवाळाई पटक पटक अनुराेध गरे पनि सुनुवाइ नभए पछि अनिश्चितकालीन पेनडाउन गर्नु परेकाे माध्यमिक विधालयगरुडाका प्रधानाध्यापक प्रभु पटेलले बताए । नगर प्रमुखलाई सम्बोधन गरि सो व्यहोराको ज्ञापनपत्र नगरपालिकालाई बुझाई सकिएको कुरा माध्यमिक विधालय श्री पुरका प्रधानाध्यापक रामआधार पासवानले जानकारी दिएका छन । खाता फुकुवा नहुदा भोग्दै गरेका समस्यालाई लिएर शिक्षक/ कर्मचारीको बैठकबाट वाध्य भई पेनडाउन गर्ने निर्णय गर्नु परेको प्रधानाध्यापक पासवानले वताए ।
यसै बिच माध्यमिक विधालय गरुडमा कार्यरत शिक्षक/ कर्मचारीको आईतबार बसेको बैठकले समेत पेनडाउन गर्ने निर्णय गरेको प्रधानाध्यापक प्रभु पटेलले बताएका छन । नगरपालिकालाई बझाईएको ज्ञापन पत्रको ब्यहोरा जिल्ला प्रशासन कार्यालय राैतहट लगाएतका सुरक्षा निकायलाई पहलका लागि सम्बन्धित विधालयले बाेधार्थ समेत गरेका छन ।
Home प्रदेश समाचार मधेश प्रदेश गरुडा नगरपालिकाका दुईवटा माध्यमिक विधालयले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने
गरुडा नगरपालिकाका दुईवटा माध्यमिक विधालयले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।