काठमाडौं ।। टर्कीएमा गएको विनाशकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि अत्यावश्यक सामग्री पठाएको छ। उक्त सामग्री टर्कीए एयरका कर्मचारीले रकम सङ्कलन गरी इस्लामिक संघको सहकार्यमा पठाइएको हो।
बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले टर्कीएमा ‘मेडिकल टिम’ र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको थियो।
उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीए नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्म सहयोग गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here