काठमाडाैं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्।
बिहानै साढे पाँच बजे नै विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाइको उच्चतम स्तर कायम राख्न निर्देशन दिएका छन्।
शौचालयमा मधुर धुन जडान गर्नुपर्ने, अन्तर्राष्ट्रिय आगमनतर्फ रहेको आईएएस ग्रुपद्वारा सञ्चालित विद्युतीय सिँढीमा देखिएको समस्या यथाशीघ्र समाधान हुनुपर्ने, उक्त स्थानमा यात्रु चापलाई धान्न सक्ने थप लिफ्ट व्यवस्था हुनुपर्ने, ट्रलीहरू हरहमेशा चुस्तदुरुस्त अवस्थामा पर्याप्त संख्यामा रहनुपर्ने, विमानस्थल परिसरको खर घाँस सरसफाइ नियमित राख्न उनले निर्देशन दिएका थिए । त्यस्तै यात्रुहरूका लागि आवश्यक Signage​हरू स्पष्ट र सबैले बुझ्ने हुनुपर्नेलगायत विमानस्थलको समग्र पक्षमा निर्देशन दिएका थिए । त्यसक्रममा उनले चौबीसै घण्टा खटिएका मजदूरहरूलाई विशेष धन्यवाद दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here