बुटवल ।। लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचन नेकपा एमालेका कुमार दशौदी निर्वाचित भएका छन् । दशौदी ४ हजार २६ मतभारका साथ विजयी भएका हुन् ।
त्यस्तै कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबीर रायले १९२ मतभार पाएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले लोकान्तरलाई जानकारी दिए ।
निर्वाचनमा ३०४ मत खसेको थियो । रुपन्देहीको मर्चवार गाउँपालिकाको उपाध्यक्ष आशा सिंहबाहेक अन्य सबै मत खसेको थियो ।
नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको सिटमा उप–निर्वाचन भएको हो । निर्वाचन दाङमा भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here