काठमाडाैं ।। सरकारले मोबाइल सिमकार्ड लिँदा ग्राहकले बायोमेट्रिक दिनुपर्ने व्यवस्था गर्न लागेको छ । गृह मन्त्रालयले पुस २८ मै नयाँ सिम लिँदा बायोमेट्रिक गराउने निर्णय लिएको हो । तर अहिले नै भने यो लागू भइसकेको छैन । गृहको निर्णय लागू भए सिमकार्ड लिन ग्राहकले नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र लगायतका कागजात मात्रै पेस गरेर पुग्दैन । यसका लागि उसले आफ्नो बायोमेट्रिक दिनुपर्नेछ । बायोमेट्रिक गर्दा व्यक्तिको आँखा, अनुहार र हात आदिको डिजिटल विवरण सङकलन गरिन्छ । अहिले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउँदा बायोमेट्रिक दिनुपर्छ । बायोमेट्रिक परीक्षणमा परिचयपत्रवाहक व्यक्ति किटान भएपछि ग्राहकले सिमकार्ड प्राप्त गर्नेछन् । गृहका सहसचिव डा. भीष्मकुमार भुसालले सिमकार्डको दुरुपयोग भएको गुनासो आएको र प्रहरीका कतिपय अनुसन्धानमा यस्तो पनि देखिएकाले सिम वितरणमा नयाँ प्रणाली खाँचो भएको बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here