रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौर स्थित राइस मिलमा करीव दुइ दशक देखि निरन्तर रुपमा बालबालिकालाइ शिक्षण गराउँदै आएका नीरज साहको अभियानमा दियालो युवा क्लबले सहयोग गरेका छन ।
शिक्षा पेशा संग आवद्ध भएर गरीव ,असहाय परिवारका बालबालिकालाइ निशुल्क बिना ढेउआ के पठन पाठन गराउँदै आएका साहको कार्यमा दियालो क्लबले शैक्षिक सामग्री सहयोग गरेर थप ऊर्जा र हौशला प्रदान गरेका हुन ।
दलित ,गरीव ,असहाय परिवारका १५० जना बालबालिकाको अध्यनको लागि शैक्षिक सामग्री प्रदान गरेको क्लबका अध्यक्ष विक्रम यादवले बताएका छन । शनिवार आयोजित एक कार्यक्रम विच क्लवका अध्यक्ष यादवले शिक्षक नीरज साह लाइ उक्त शैक्षिक सामग्री हस्तांतरण गरेका हुन ।
कार्यक्रममा सम्वोधन गर्दै आधारभुत विद्यालय बाल मंन्दिरका प्राध्यानाध्यापक गणेश प्रसाद यादवले निशुल्क शिक्षा प्रदान गरेर साहले धेरै राम्रो कार्य गरेको भन्दै सराहना गरेका छन । शिक्षा दान महादान हो प्राध्यानाध्यापक यादवले भने यस्तो कार्य सवैले गर्न सकिदैन यस्मा सवैले सहयोग गर्नु पर्दछ ।
आधारभूत विद्यालयमा गरीव ,असहाय ,विपन्न तथा टूहुरा बाल बालिकाको निशुल्क रुपमा नामांकन गरिने प्रतिवद्धता व्यक्त गरेका छन ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचंद्र झा ले नीरज साहको यो अभियानमा सहयोग गर्नु पर्ने धरना राखे । उनले राइस मिलको भवनको बरण्डामाँ विगत २३ बर्ष देखि आफ्नो निजी स्रोतबाट बालबालिकालाइ अध्यन्न गराउनु ठूलो योगदान भएको उल्लेख गरे ।
ट्युसन पढ़ने बालबालिकालाइ स्थानीय सरकार र निर्वाचित जनप्रतिनिधिहरुले बस्ने व्यवस्थाको साथै शैक्षिक सामग्री समय समयमा सहयोग गर्नु पर्ने बताए । अध्यक्ष झा ले आफ्नो तरफबाट सहयोग गराउने बचन समेत दिएका छन ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रविन्द्र प्रसाद साह ले यस्ता कार्य गर्नेलाई थप प्रोत्साहन गर्नु पर्ने जोड़ दिए । जनता समाजवादी पार्टी नेपालका वर्गीय संगठन समाजवादी विधार्थी यूनियनका केंद्रीय सदस्य ललन यादवले अध्यन गर्ने बालबालिकाहरु मध्येबाट केहि बाल बालिकालाइ आफ्नो तरफबाट सामुदायिक विद्यालय तथा निजी विद्यालयमा पढाउने प्रतिवद्धता जनाएको छन ।
लामो समय देखि बालबालिकाहरुलाई निशुल्क रुपमा पढाउदै आएका नीरज साह ले बालबालिका भविष्यको कर्णधार भएकोले आफ्नो रूचि यो क्षेत्रमा बढ़ी रहेको बताए ।
उहाले विद्यालय जान क्षमता नभएका तथा पढाउने सामर्थ्य नभएका गरीव परिवारको बालबालिकालाइ शिक्षा दिएर भविष्य सुधारने सानो प्रयास गरिरहेको जिकिर गरे ।
चिसो र बर्षाको समयमा बालबालिकालाइ अध्यन गराउन समस्य उत्पन्न हुने गरेको छ । दलित , गरीव परिवारका बढ़ी बाल बालिका बढ़ी रहेकोले लगाउने लुगा , जुत्ता , बैग को आवश्यकता देखिएको छ ।
गौरको शिक्षा उकास्नमाँ साह को भूमिका रहेकोले गौर नगरपालिकाबाट बाल बालिकालाइ बसेर पढ़न सकिने व्यवस्था मिलाइदिनु पर्ने जरुरी रहेको छ ।
बोरामा बसेर अध्यन गर्ने बाध्य भएका बालबालिकाहरुलाई नगरपालिकाबाट मैट , बैग , शैक्षिक सामग्री उपलब्ध गराई दिनु पर्ने कार्यक्रममा सहभागी भएका वक्तहरुको जोड़ रहेका छन ।
निरंजन यादवले सञ्चालन गरेका कार्यक्रममा नीरज साहका बूबा ,आमा ,लगायत संचारकर्मीहरुको सहभागिता रहेका थिए ।
नीरज साहको बिना ढेऊवाको अभियानमा दियालो क्लबको सहयोग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।