काठमाडौँ ।। नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन्। कार चलाएर आलोकनगरस्थित पार्टी कार्यालय जाने क्रममा नेता भुसाल नयाँबानेश्वर पुगेपछि बेहोस भएका थिए । उनले चलाएको जीप अनियन्त्रित भएर एभरेष्ट होटल अगाडिको बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनालगत्तै भूसाललाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। जीप पूर्णरुपमा क्षति भएको छ।
कारमा बेहोस हुन पुगेका उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको समाजवादीका नेता अशेष घिमिरेले बताए । भुसालको स्वास्थ्य अहिले सामान्य रहेको छ।





