रौतहट ।। गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले मुलुकको चौथो विद्यालयको रुपमा स्थापना भएको जुद्ध उच्च माध्यमिक विद्यालयलाइ डिजिटल विद्यालयको रुपमा बनाउने बताएका छन ।
बुधवार ८३ औ बार्षिकोत्सवको अवसरमा विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख साह ले प्राविधिकको विकास तीब्र रुपमा हुदै गएकोले विद्यार्थीहरुलाइ विधुतीय माध्यमबाट अध्यन अध्यापन गर्ने व्यवस्था मिलाउने उद्घोष गरे ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको बेला इभेन्ट परियोजनाबाट विद्यालयमा साइकल स्टैंड , भवनको निर्माण सँगै बाटोको निर्माणमा ठूलो भूमिका निर्वाह गरेको भन्दै मेयर साहले आफु नगर प्रमुख भएकोले आफ्नै अवधिमा विद्यालयको अधुरो रहेको छात्रबासको निर्माण कार्य संपन्न गराउने प्रतिबद्धता जनाए ।
विद्यालयमा रहेको लैब को अवस्था खÞराब भएको हुँदा नगरपालिका बाट छिटै सञ्चालनमा ल्याउने बताउँदै नगर प्रमुख साहले जिल्लामा पहिलो माध्यमिक विद्यालयको रुपमा स्थापना भएको जुद्ध माध्यमिक विद्यालयलाइ नमूना विद्यालय बनाउने बताए ।
विद्यालयमाँ अनुसाशन विद्यालयको गहना भएकोले अनुसाशन कायम गरी सो को पूर्ण पालना गरिदिन शिक्षक विद्यार्थीलाई आग्रह गरे । विद्यालयबाट अध्यन गरेका विद्यार्थी देशको प्रधानमंत्री समेत बनेको उदहारण दिदै देश विदेशमा गएर नाम रौशन गरेको उल्लेख गरे ।
विद्यालयको सञ्चालन व्यवस्थापन शैक्षिक स्तर उकास्नमाँ बेला बेलामा राय सलाह सुझाव तथा आवश्यक मार्ग निर्देशन प्रदान गर दिनका लागि पूर्व शिक्षकहरुलाई आग्रह समेत गरे ।
विकाश निर्माणको कार्यमाँ सहयोग गर्ने भन्दा बाधा अवरोध पुर्याउने व्यक्तिको संख्या बढ़ी भएको टिपण्णी गरे । नगर प्रमुख साह ले भने योजनाको जानकारी दिए विकाश विरोधी तत्व हाबी भई हाल्छ । विद्यालयको विकाशको लागि योजना बनाएर अघि बढिरहेको दावी गरे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख राम विनय कुमार सिंहले जुद्ध माध्यमिक विधालय पुरानो विद्यालयको रुपमा रहेकोले विद्यालयलाइ प्राविधिक रुपमा विकास गर्नु पर्ने जोड़ दिए । उनले विद्यालयमा प्राविधिक तालीम , बोर्ड को व्यवस्थापन गर्नका लागि नगर प्रमुखलाइ आग्रह समेत गरे ।
वड़ा अध्यक्ष विनोद चौधरीको सभापतित्वमा भएको बार्षिकोत्सव कार्यक्रममा बिद्यालयबाट सेवा अवकाश प्राप्त भएका शिक्षक रामदेव झा , उदय शंकर झा ,सीताराम प्रसाद , जयराम सहनी, विन्दा सहनी , उदयकांत चौधरी , सुदामाराज भंडारी , सत्यनारायण साह , शंकर ठाकुर ,रमेश श्रीबास्तव , राम इकÞबाल राय यादव , प्रवीण ठाकुर , नागेंद्र प्रसाद मंडल , लालबहादुर शास्त्री , दीर्घ नारायण मिश्रलाइ नगर प्रमुख साहले दोसल्ला ओढाएर सम्मानित गरेका छन ।
पूर्व शिक्षक चन्देश्वर राउत ,विजय किशोर झा , बैधनाथ साह , सोजाय महमद अंसारी , अनिल राज भंडारी , कालिकांत झा , सत्यनाथ झा , अमोध कुमार झा , भिखारी राय यादव ,पूर्व कार्यालय सहयोगी तुलसी प्रसाद सिंह , सुरेन्द्र झा लाइ कार्यक्रममा सम्मानित गरिएको आयोजक सस्थाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here