काठमाडाैं ।। अबको तीन दिन पश्चिम नेपालका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आजदेखि पर्सिसम्म पश्चिम नेपालका थोरै ठाउँमा हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । यो प्रणाली तीन दिन रहने देखिए पनि मध्य र पूर्वी क्षेत्रतिर आउने सम्भावना नदेखिएको उहाँको भनाइ छ । उहाँका अनुसार यही प्रणालीको प्रभावले आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भोलि भने आजको भन्दा अलि धेरै ठाउँमा पानी र हिउँ पर्नेछ । भोलि रातिलाई यो प्रणालीको प्रभाव लुम्बिनी र गण्डकी प्रदेशसम्म आइपुग्नेछ । काठमाडाँैँ उपत्यकासहित मध्य क्षेत्र र पूर्वतिर भने यसको प्रभाव नपर्ने मौसमविद् पौडेलको भनाइ छ । तर हिउँ र पानी नपरेपनि मौसम बदली भने हुने देखिएको उहाँले जानकारी दिनुभयो ।
अबको तीन दिन पश्चिम नेपालका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।