काठमाडाैं ।। नेपालमा विदेशबाट हुने वस्तुको आयात घटेको छ । गएको मङ्सिर महिनाको तुलनामा पुस महिनामा आयात पाँच अर्बले कम भएको भन्सार विभागले जनाएको छ । मङ्सिरमा एक खर्ब ३२ अर्ब रुपैयाँको सामान आयात भएकोमा पुसमा एक खर्ब २७ अर्ब रुपैयाँको सामान आयात भएको भन्सार विभागले जनाएको छ । यससँगै चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । जुन गत वर्षको ६ महिनाको तुलनमा २० प्रतिशतले कम हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोडको सामान आयात भएको थियो । विभागका अनुसार आर्थिक वर्षका सुरुका ६ महिनामा निर्यात पनि घटेको छ । गत वर्ष यो अवधिमा १ खर्ब १८ अर्ब बराबरको निर्यात भएकोमा यो आर्थिक वर्षको सुरुका ६ महिनामा ८० अर्ब ८० करोड बराबरको सामान निर्यात भएको छ । निर्यात घटे पनि यस अवधिमा व्यापारघाटा कम देखिएको छ । गत वर्ष ८ खर्ब ८० अर्ब रहेको व्यापार घाटा अहिले ७ खर्ब ११ अर्बमा आइपुगेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।
नेपालमा विदेशबाट हुने वस्तुको आयात घट्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।