काठमाडौं ।। नवनिर्वाचित सभामुख देवराज घिमिरेले नेकपा एमालेको सदस्यताबाट राजीनामा दिएका छन् । आज अध्यक्ष केपी शर्मा ओली सामु सभामुख घिमिरेले पार्टीको पदबाट राजीनामा दिएका हुन्।
हिजो घिमिरे सभामुखमा निर्वाचित भएका थिए । सभामुख भएको व्यक्ति पार्टीको पदाधिकारी हुन नपाउने संवैधानिक व्यवस्था छ । सोही अनुरूप घिमिरेले ओलीलाई राजीनामा बुझाएका हुन् ।
राजीनामा पछि सभामुख घिमिरेले आफू एमालेसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन् । सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका थिए । विज्ञप्तिमा भनिएको छ, “मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।”
बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिएका थिएनन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here