रौतहट ।। नेपाल सरकारले प्रत्येक स्थानीय तहमा विद्यार्थी लेखाजोखा प्राविधिक समिति गठन गर्न भनिए पनि हाल त्यसको कार्यन्वय फितलो रहेको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवम् प्रशिक्षक भुदेव झाले बताउनु भएको छ ।
युनिसेफ र विश्व शिक्षाको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र (आरडीसी) नेपालको आयोजनामा संचालित समता र समावेशी शिक्षा कार्यक्रम अन्तरगत विद्यार्थी लेखाजोखा प्राविधिक समिति सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिदै प्रशिक्षक झाले, गुणस्तीय शिक्षा र शिक्षा क्षेत्रको सेवा प्रवाहको लागि निकै बलियो समितिको रुपमा रहेकोले, यस वारे शिक्षा क्षेत्रमा कार्यरत सवैले जानकारी राख्नु पर्ने र सवै स्थानीय तहहरुले गठन गरि कार्यन्वय गर्नु पर्ने बताएका छन् ।

रौतहटको ८ वटा स्थानीय तहमा बालकक्षा शिक्षण कार्य प्रभावकारी बनाउन एक साथ समता तथा समावेशी शिक्षा कार्यक्रम सञ्चालनमा रहेको आयोजक संस्थाका अध्यक्ष पारस हुसैनले बताउदै, जिल्लाको गौर नगरपालिका, ईशनाथ नगरपालिका, दुर्गाभगती गाउँपालिका, कटहरीया नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, बैधिमाई नगरपालिकामा उक्त कार्यक्रम संचालनमा रहेको र पहिलो ४ पालिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भई सकेको र बाँकी चार पालिकाएको अभिमुखिकरण कार्यक्रम आज रौतहटको सदरमुकाम गौरमा संचालन भएको जानकारी गराए ।
२ दिन सम्म संचालन हुने अभिमुखिकरण कार्यक्रमा जिल्लाको गौर नरपालिका, दुर्गाभगवती गाउँपालिका, कटहरीया नगरपालिका र मौलापुर नगरपालिकाका २७ जनाको सहमागिता रहेको आयोजकले जनाएको छ ।
