रौतहट ।। बालबालिकाहरुको गुणस्तरीय र समावेशी शिक्षाको लागि शिक्षक शिक्षिकाहरुको लागि तालिम प्रदान गरिएको ग्रामिण विकास केन्द्र( आरडीसी) नेपालका अध्यक्ष पारस हुसैनले बताएका छन् ।
शैक्षिक सिकाई सामग्रीहरुको प्रयोग गर्ने र स्थानीय भाषामा सिकाई गराउने भएकोले बालबालिकाहरुले गुणस्तरीय शिक्षा हासिल गर्ने, स्थानीय स्तरमा शिक्षाको नीति निर्माण गर्न सहयोग गर्ने उदेश्य सहित परियोजनाको माध्यमले विद्यालयहरुको कक्षा १ देखि ३ को शिक्षक शिक्षिकाहरु लाई ३ दिने पुर्नतार्जगी तालिम गराई रहेको अध्यक्ष हुस्सैनले जानकारी गराए ।

युनिसेफ र विश्व शिक्षाको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालको आयोजनामा संचालित समता र समावेशी शिक्षा कार्यक्रमको समावेशी प्रारम्भिक कक्षा सिकाई कार्यक्रम अन्तर्गत रौतहटको दुर्गाभवाी गाउँपालिका, गौर नगरपालिका, परोहा नगरपालिका र ईशनाथ नगरपालिकाको विभिन्न विद्यालयहरुको कक्षा १ देखि ३ को शिक्षक शिक्षिकाहरु लाई ३ दिने पुर्नतार्जगी तालिम गरिएको कार्यक्रम समयोजक शुसील यादवले बताए ।
उक्त कार्यक्रम अन्तर्गत रौतहटको पालिकाहरु मध्येको करिव १ सय ४२ मदर्शा र बिद्यालयहरुमा शैक्षिक सिकाई सामग्री गत बर्ष नै उपलब्ध गरिएको र शिक्षक शिक्षिकाहरुलाई प्राथमिक शिक्षक तालिम पनि गराईएको आयोजकले जनाएका छन् ।
संचालित समावेशी प्रारम्भिक कक्षा सिकाई कार्यक्रम अन्तर्गत यस बर्ष कुल १ सय ९० जना शिक्षक शिक्षिकाहरु लाई ३ दिने पुर्नतार्जगी तालिम गराइएको आयोजकले जनाएको छ ।
यस तालिमको उपलब्धी तत्कालै देखा नपरे पनि दर्घकालीन रुपमा बालबालिकाहरुले गणस्तरी शिक्षा हासिल गर्न सहयोग पुग्ने शिक्षकहरुको प्रतिक्रया रहेको छ ।
