काठमाडौं ।। आइतबार दुर्घटनामा परेको यती एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये ३८ जनाको शव पहिचान खुलेको छ । मृत्यु पुष्टि भएका ६८ जनामध्ये ३८ जनाको शव पहिचान भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ।
आफन्तहरु साक्षी बसेर शवको सनाखत गरिएको हो। चारजना अझै वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ।
पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।
आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल अवतरणका क्रममा सेती खोँचमा दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ जना सदस्य र ६८ यात्रु सवार थिए । विमान दुर्घटनाको कारण खुलेको छैन।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here