पाेखरा ।। यती एयरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । हिजो साँझ सूचना जारी गर्दै एयरलाइन्सले आजका लागि तोकिएका सबै नियमित उडान रद्द गरिएको जनाएको हो । एयरलाइन्सले आपत्कालीन र उद्धार उडान भने जारी रहने जनाएको छ । हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको ९ एनएएनसी कलसाइनको विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here