काठमाडाैं ।। श्रीलङ्काको रक्षा मन्त्रालयले सेनाको सङ्ख्या कटौती गर्ने निर्णय गरेको छ । अभूतपूर्व आर्थिक सङ्कटपछि आफ्नो वित्तीय स्थितिमा परिवर्तन ल्याउन यस्तो निर्णय गरिएको रक्षा मन्त्रालयले जनाएको छ । श्रीलङ्कामा जातीय गृहयुद्ध अन्त्य भएको एक दशकभन्दा बढी भइसक्दा पनि त्यहाँको सुरक्षा बलमा अझै पनि अत्यधिक खर्च गरिँदै आएको छ । श्रीलङ्काको रक्षा मन्त्रालयले आगामी वर्ष दुई लाख सैनिकबाट ६५ हजार सैनिकलाई अवकाश दिने घोषणा गरेको छ। दशकको अन्त्यसम्ममा श्रीलङ्काको स्थल सेनालाई एक लाखमा झार्ने योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here