काठमाडाैं ।। नेपालमा महिला हिंसाको उजुरी घटेको छ । राष्ट्रिय महिला आयोगका अनुसार कोरोना महामारीका समयमा २ सय गुणाले बढेको महिला हिंसाको उजुरीको सङ्ख्या चालु आर्थिक वर्षमा भने घट्दै गएको हो । महामारीको समयमा राष्ट्रिय महिला आयोगमा मासिक औसतमा एक सय ३५ भन्दा बढि हिंसाका उजुरीहरू दर्ता हुने गरेका थिए । तर अहिले भने ५९ प्रतिशतले घटेर मासिक ८० वटा मात्रै उजुरी दर्ता भएका छन् । हिंसाको उजुरी घट्दै जानुमा हिंसा प्रति मानिस सचेत भएको वा उजुरी कहाँ गएर दिने भन्ने थाहा नभएको हुनसक्ने राष्ट्रिय महिला आयोगका प्रवक्ता चमिला भट्राईले बताउनुभयो । आयोगका अनुसार गत साउनदेखि कात्तिकसम्म महिला हिंसाका तीन सय ४७ वटा उजुरी दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै घरेलु हिंसाका तीन सय १६ वटा उजुरी प्राप्त भएका छन् । साउनमा एक सय ३०, भदौमा ९५, असोजमा ६० र कार्तिकमा ६२ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here