धनगढी ।। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा देवराज रावल नियुक्त भएका छन्। २९ सांसदको समर्थनसहित बुधवार साँझ दावी पेश गरेसँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
रावलले एमालेसँगै नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा गरी कम्तीमा २९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्ति भएका हुन्।
५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ संसद आवश्यक पर्छ। जसमा मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सांसद गरी २९ जनाको सहमतिमा मुख्यमन्त्रीमा रावल नियुक्त‍ भएका हुन्।
केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दावी गर्दा सभामुख माओवादीको भाग परेको छ।
माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन्। र नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here