काठमाडाैं ।। सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखको मनोनयन दर्ताको लागि समय दिइएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजै उम्मेदवारको नामावली प्रकाश, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक गर्ने सचिवालयको कार्यतालिका छ । सचिवालयका अनुसार आजै अन्तिम नामावली प्रकाशन गरेर भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तयारी छ ।सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्ने बारे माओवादीले निर्णय गर्न सकेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here