काठमाडाैं ।। प्रतिनिधिसभामा एक सीट रहेको नेपाल मजदुर किसान पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन नगर्ने भएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका हुन् ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) र नागरिकता विधेयक खारेजीको प्रतिबद्धता नआएकाले सरकारलाई समर्थन गर्न नसकिने सुवालले बताए ।
‘सिंहदरबारको कोठाबाट निर्देशन दिँदैमा केही हुँदैन,’ सुवालले भने, ‘नागरिकता विधेयक एमसीसी खारेज गर्ने कि नगर्ने ? यो निर्णय नभएकाले सत्ता गठबन्धनलाई समर्थन गर्ने छैन ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here