सर्लाही ।। पालिकाका विद्यार्थीहरुको उज्ज्वल भविष्य तथा सरकारी सेवामा सहज प्रवेश गराउने उदेश्यले निशुल्क लोक सेवा आयोगको कक्षा संचालन गरिएको पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादवले बताउनु भएको छ ।
सर्लाही पर्सा गापाको आयोजनामा सुरु भएको निशुल्क लोक सेवा आयोग तयारी कक्षाको शुक्रवार एक कार्यक्रम गरि उदघाटन गर्दै अध्यक्ष यादवले, पालिका भित्रका विद्यार्थीले लोक सेवा आयोगको परिक्षामा सफलता हासिल गर्न अनेकै स्थानमा धाउने बाध्यता र खर्चिने अत्यधिक आर्थिक भारलाई मध्य नजर गर्दै पालिकाले यस पालि देखि निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा सुरु गरिएको बताए ।
प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, लेखा प्रमुख, विभिन्न शाखाका प्रमुखहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । तयारी कक्षामा सहभागी विद्यार्थीहरुलाई निःशुल्क रुपमा स्टेशनरी सहित एक–एक थान लोकसेवा तयारी पुस्तक निशुल्क वितरण गरिएको प्रशासन शाखा प्रमुख उपेन्द्र यादवले जानकारी गराए ।
उदघाटन कार्यक्रमको संचालन नविन यादवले गरेका थियो भन्ने कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा कार्यपालिका सदस्यहरुलाई गम्छा ओढाई सम्मान गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here