सुर्खेत ।। कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ (२) बमोजिम पुस २७ गते अपरान्ह ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाएर दाबी पेश गर्न आह्वान गरिएको जानकारी दिए । कर्णालीको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले) र माओवादी केन्द्रले दाबी गरिरहेका छन् । यहाँ सरकार गठनका लागि २१ सांसदको आवश्यक पर्छ ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा ५ दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस १४, नेकपा (माओवादी केन्द्र) १३, नेकपा (एमाले) १०, राप्रपा, नेकपा (एकिकृत समाजवादी) १÷१ र स्वतन्त्र १ सांसद छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here