काठमाडाैं ।। निर्मला पन्त हत्या घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारीसहितको छानबिन समिति गठन भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीयसमिति गठन गरिएको हो । सिंह यसअघि प्रहरी उपरीक्षक हुँदा सोही घटनाको अनुसन्धानमा पनि खटिनुभएको थियो । समितिमा प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक पनि सहभागी छन् । गृहमन्त्री रवि लामिछानेले घटनाको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन पहल गर्ने प्रतिबद्धता कार्यभार सम्हालेकै दिन जनाउनुभएको थियो । २०७५ साल साउनमा बलात्कारपछि हत्या गरिएका १३ वर्षका निर्मलाको हत्यारा अझैँ पत्ता लागेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here