रौतहट ।। रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा जग्गाको किताकाट र रजिस्ट्रेसनको कार्य सुचारु भएको छ । नेपाल सरकारको भूमि व्यवस्था,सहकारी तथा गरीवि निवारण मंत्रालय भूमि व्यवस्थापन तथा अभिलेख बिभागले स्थानीय तहले जग्गाको बर्गीकरण नगरे सम्म जग्गा किताकाट र रजिस्ट्रेसनको कार्य रोक्का गरेको थियो ।
चन्द्रपुर नगरपालिकाको नगर प्रमुख संजय काफ्लेको अध्यक्षतामा आसोज १३ गते बसेको कार्यपालिकाको बैठकबाट चन्द्रपुर नगरपालिकाको क्षेत्र भित्र पर्ने जग्गाको बर्गीकरण गरेर भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय मा पत्राचार गरे पछि जग्गाको किताकाट र रजिस्ट्रेशनको प्रक्रिया खुलेको मालपोत कार्यालय चन्द्रनिगाहपुरको प्रमुख रोशन श्रेष्ठके जानकारी दिएको छ ।
नगरपालिकाले जग्गाको व्यापारिक क्षेत्र , आवासीय क्षेत्र तथा कृषि क्षेत्र को बर्गीकरण गरी पत्राचार गरेको हो ।
पूर्व पच्छिम राजमार्ग र गौर चन्द्रनिगाहपुर सड़क क्षेत्रलाइ व्यापारिक क्षेत्र , नगरपालिकाको १० वटै वड़ामा रहेका सड़कको दाया बाया सय मीटर सम्मको जग्गालाइ आवासीय क्षेत्र तथा व्यापारिक क्षेत्र कायम गर्दै बाकि कित्ता जग्गालाइ कृषि क्षेत्रमा बर्गीकरण गरी पठाएकोले कित्ताकाट गरी जग्गा रजिस्ट्रेशनको कार्य शुरू गरिएको मालपोत कार्यालयले जनाएको छ ।
लामो समय देखि बंद रहेको जग्गाको खरीद विक्रीको कारण सर्व साधारणलाइ ठूलो समस्याको सामना गर्नु पर्ने रहेको बाध्यताको अन्त्य भएको नगर प्रमुख काफ्ले बताएका छन । गौर , गरुडा र मौलापुरमा अहिले पनि जग्गाको कित्ताकाट र रजिस्ट्रेशनको काम बाधित रहेको कारण आम नागरिकलाइ ठूलो समस्या उत्पन्न भएको छ ।
स्थानीय तहले समयमा जग्गाको बर्गीकरण गरेर भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयमा नपठाएकोले सो समस्या उत्पन्न भएको हो । समयमा नै जग्गाको बर्गीकरण गर्ने कार्य गर्नको लागि स्थानियहरुले सम्वन्धित निकाय संग अपील समेत गरेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here